पाटन-पञ्चेश्वर सडक पुल निमार्ण अलमल : ११ जनाले दिए घरजग्गा मुअब्जाको निवेदन

बैतडीको पाटन-पञ्चेश्वर सडक खण्ड अन्तरगत गोइडाखोला निर्माणाधीन मोटेबल पुल निमार्ण हुन सकेको छैन्। पुल निमार्ण गर्दा आफ्नो घरजग्गा र सिँचाई कुलोमा क्षती पुग्ने भन्दै यहाँका ११ जनाले विरोधपछि पुल अलपत्र परेको हो। उनीहरुले सडक डिभिजन कार्यालय पाटन बैतडीमा क्षतीपुर्तीको माग गर्दै निवेदन पेश गरेका छन्। लामो सयमदेखी निमार्ण अधुरो रहेको पाटन नगरपालिका-६ मा पर्ने गोईडाखोला पुल थप अलमलमा परेको हो।

बैशाख ९ गते ११ जनाले घरजग्गाको मुअब्जा तथा क्षतीपुर्तीको माग गर्दै निवेदन आएको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी असिम रसाईलीले बताए। निवेदनपछि जिल्ला नापी कार्यालयलाई निवेदन लेख्दै सडक डिभिजन कार्यालयले जग्गा एकिन गरिदिन अनुरोध गरेको सूचना अधिकारी रसाईलीले बताए।

११ जनाकै जग्गाको लालपुर्जा माग भइआएकोले यहाँका जग्गधनीलाई लालपुर्जा माग गरि छनविन अगाडी बढाईएको उनले बताए। पुल निमार्णमा जग्गा कटान त्तकाल नहुने भएकाले ठेकेदार कम्पनीलाई काम अगाडी बढाउन भनिएको सडक डिभिजन कार्यालय पाटनले जनाएको छ।

सडक डिभिजनले ठेक्का रद्ध प्रक्रिया अगाडी बढाएपछि निमार्ण व्यवसायीले प्रतिबद्धता पत्र पेश गरेको थियो। तल्लोस्वराड क्षेत्रका तीन स्थानीय तह सो पुलले जोड्नेछ। सडक डिभिजन कार्यालय पाटन, बैतडीले २०७४ सालदेखि ठेक्कामार्फत निर्माण गर्न लगाएको पुलको कुल बजेट दुई करोड ३८ लाख रुपियाँ रहेको छ।

लोर्खा-सरकार, कैलापल जोड्ने सुनर्या गाडमा निमार्णनिध पुलको काम पनि रोकिएको छ। कामदारले काम छोडेर गएकाले काम ठप्प भएको निमार्ण व्यवसायीको दाबी छ। केही दिन भित्र नयाँ कामदार र ठुलो रड आईरहेकाले काम अगाडी बढने निमार्ण व्यवसायीको भनाई छ।

Leave A Reply

Your email address will not be published.