गायक विकको आवाजमा देउडा गित “सुदूर पश्चिम दार्चुला” सार्वजनीक

बैतडी : समधुर स्वरका धनी लोक तथा देउडा गायक उमेश विकको आवाजमा नयाँ देउडा गित सार्वजनीक भएको छ। सम्झना म्यूजीक फिल्मस युटूब च्यानलबाट भिडियो सहित गित सार्वजनीक भएको हो।

गितमा गायक विकलाई अनिता साँउदले स्वरमा साथ दिनुभएको छ। रमेश धामी मायालुको लय तथा शेरी औजीको र रमेश धामी मायालुको म्यूजीक रहेको गितलाई मालाश्री रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरीएको गायक विकले बताउनुभयो।

रमेश धामी मायालु र प्रतिक्षा मल्ल बमको सुन्दर अभिनय रहेको गितको एरेन्ज राजेन्द्र बाजुरेलीले गनुभएको छ। सन्तोष भाईले निर्देशन गरेको भिडियोलाई विकास रोकायालाई खिचेका हुन। गितमा माया प्रेमको कुरालाई समेटिएको छ।

बैतडीमा घुम्न आएकि केटीलाई केटाले मन पराएको कुरा गितमा भनिएको छ। सुदूरपश्चिमका बिभिन्न स्थानको बर्णन गरीएको गितमा केटिले पनि केटालाई मन पराएको कुरा समेत गितमा उल्लेख गरीएको छ।

करिब तिनचार बर्षपछि गित संगितमा फर्किएको गायक विकले अब गित संगितलाई निरन्तरता दिने बताएका छन। पहिलेका गितहरु जस्तै अबका गितहरुलाई पनि माया गरीदिन गायक विकले आग्रह गरेका छन।

स्रोताहरुको सल्लाह सुझावलाई आत्मसाथ गर्दै गित संगितमा अगाडी बढ्ने गायक विकले बताए।

गित सुन्न /भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोला।

Leave A Reply

Your email address will not be published.