बैतडीको मेलौलीका युवकको मलेसियामा मृत्यु

बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका वडा न .१ का ३२ वर्षीय दिपक सिंह  नायक रहेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा रहेका उनको आईतबार मृत्यु भएको हो।

कोठामा सुतिरहेको अवस्थामा विद्युतको तार सर्ट भई मृत्यु भएको जानकारी आएको उनका आफन्त नरेश सिंह नेगीले बताउनुभयो। मृतक नायक विगत नौ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।

नायकको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त नरेश सिंह नेगीले बताउनुभयो।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिपको उतै मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ । 

Leave A Reply

Your email address will not be published.