बैतडीको पाटनमा प्रमुख प्रशासकीय अधिकृत ऐर हाजिर

बैतडी-बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका नेपाल सरकारका उपसचिव गणेश सिंह ऐरी हाजिर भएका छन । जिल्ला समन्वय समितिमा दरबन्दी कायम भएका उपसचिव ऐरीलाई पाटन नगरपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी दिइएको हो । सोमबार हाजिर भएका ऐरीले पाटन नगरपालिकाको प्रशासकीय जिम्मेवारी समालेको पाटन नगरपालिकका सूचना अधिकारी हिकेश बिष्टले जानकारी दिनुभयो ।

बैतडीको मेलौली नगरपालिका,दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, कञ्चनपुरको पुनरबास नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भएर काम गरी सकेको छन । समन्वय समितिमा कामको चाप कम हुने र पाटनलाई बढी ध्यानमा राखी आफुले काम गर्ने प्रशासकीय अधिकृत ऐरीले बताउनुभयो ।

 

पाटनमा यसअघि ७ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका शेर बहादुर बुढालाई मन्त्रालयले जिल्ला समन्वय समिति दार्चुलाका लागि सरुवा गरेको छ ।

Leave A Reply

Your email address will not be published.