मेलौलीमा महिलाहरूमा हुने प्रजनन रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी कार्यक्रम

बैतडी-जिल्लाको मेलौली नगरपालिका स्वास्थ्य तथा सरसफाई शाखाकोे आयोजना ४ नं वडा तितावैमा महिलाहरूमा हुने प्रजनन रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताए ।

शिविरमा ४ नं वडाका महिलाहरूलाई लक्षित गरी महिलाहरूको प्रजनन अङ्गमा हुने क्यान्सर हुनु अगावैको अवस्था परीक्षण, पाठेघर खस्ने तथा फिस्टुला परीक्षण, यौन रोगको परीक्षण पहिचान, परिवार योजना परामर्श आदि सेवाहरू प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताए ।
उक्त कार्यक्रममा समुदायमा क्षयरोगका सक्रिय विरमामीहरुका लागी खकारको नमुना संकलन तथा परिक्षण कार्यक्रम सम्पन्न भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका ल्याव टेक्निसियन दिपक विष्टले बताए ।
महिलाको पाठेघरको मुखको क्यान्सर रोगको पहिचान गरी जाँच तथा स्वास्थ्य परामर्श दिईएको छ ।
मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा पनि आभारभुत स्वास्थ्य सेवा केन्द्र तितावैमा सम्पन्न भएको छ । नगरपालिका संचालन भैरहेको ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा विभिन्न वडाबाट दिने क्रममा आज पालिकाको वडा न ४ तितावैमा संचालन गरिएको सि.अनमी निरिक्षक हरीना भण्डारीले बताईन् ।
साथै ज्येष्ठ नागरिकको रक्तचाप, , ज्वरो, रुघाखोकी, स्वास्थ्य परामर्श लगायतका जाँच समेत गरेको छ

Leave A Reply

Your email address will not be published.