बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पस-समुदाय सहकार्य कार्यक्रम सम्पन्न भएको छ।
“स्वच्छ वातावरण हाम्रो अभियान , स्वच्छताका निम्ति सबको योगदान”भन्ने मुल नाराका साथ वातावरणीय सरसफाइ सम्बन्धि क्याम्पस -समुदाय सहकार्य कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम अन्तरर्गत सोमबार खोचलेक र सिल्लेगडा बजारमा सरसफाइ गरिएको आयोजक श्रीकोट बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानसिंह कार्कीले बताउनुभयो।उहाँले भन्नुभयो,” स्वच्छ वातावरणका लागि वातावरणीय सरसफाइ अनिवार्य छ,स्वच्छता लागि सबैले आ-आफ्नो ठाउँबाट लाग्नुपर्छ।”
क्याम्पसबाट प्लेकार्ड र र्यालीसहित खोचलेक बजारमा पुगि सरसफाइ गरिएको थियो । त्यसपश्चात पुनः र्यालीसहित सिल्लेगडा बजार पुगेर सरसफाइ गरिएको थियो।
सरसफाइ कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू,प्राध्यापक,विद्यार्थी, खोचलेक प्रहरी चौकीका सुरक्षाकर्मी,स्थानीय बासिन्दालगायतको सहभागिता रहेको थियो।