बैतडी -युएनएफपिएको आर्थिक सहयोग, पिसवीनको सहकार्य र महिला तथा बालबालिका शाखा पाटनको आयेजनामा बालबिबाह तथा लागुऔषध दुब्र्यसन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पाटन–४ स्थित भुमेश्वर मा।वि ठाड र पाटन– स्थित भिमदत्त वहुप्राविधकि शिक्षालयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका सहायक महिला निरिक्षक हरिना ऐडीले जनाकारी दिनुभयो ।
जिल्ला समन्वय समिति सदस्य प्रेम सिहं भाट र इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोज कुमार ठकुरीले प्रशिक्षण गराउनुभएको थियो ।
यसैगरी भोली पाटन– १ स्थित सकारमा लिङग पहिचान गरी गरिने गर्भपतनका बारेमा नाटक कार्यक्रम गरिने सहायक महिला निरिक्षक ऐडिले जनाकारी दिनुभयो ।