उद्योग, वाणिज्य तथा आपुर्ति भण्डारी बैतडी आउदैँ

बैतडी : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी आज बैतडी आउने भएका छन्। काठ्माण्डौँबाट हवाईमार्ग हुदैँ धनगढी प्रस्थान गरेपछि आजै बैतडी आउने मन्त्री भण्डारीका स्वकीय अधिकृत लोकेन्द्र भण्डारीले बताए।

मन्त्री भण्डारीले भोली बिहान पाटन नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भोली नै मदन–आश्रित स्मृती दिवसको अवसरमा देहिमाण्डौँ स्थीत अन्तरपालिका स्तरीय बृहत भलिवल प्रतियोगीता तथा पर्यटन महोत्सवको उद्घाटन गर्ने बताइएको छ।

यसैगरी मन्त्री भण्डारीले भोली जिल्ला स्थीत कफी खेती सम्बन्धी अभिमुखिकरण तथा रोपन कार्यको सुभारम्भ गर्ने कार्यक्रम तय भएको छ। भोली जिल्ला सदरमुकाममै बास बसेर पर्सी बिहानै धनगढी हुदैँ हवाईमार्गबाट काठ्माण्डौँ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री भण्डारी यस कार्यकालमा मन्त्री बनेपछी दोश्रो पटक बैतडी आउन लागेका हुन्।

Leave A Reply

Your email address will not be published.