मेलौलीमा पाठेघर मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

बैतडी : मेलौलीमा पाठेघर मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ। स्वास्थ्य रुग्ण्ता स्तन क्यान्सर, आङ खस्ने, पाठेघरको मुख खस्ने क्यान्सर, स्क्रिनिङ तथा व्यवस्थापन निस्शुल्क शिविर सम्पन्न भएको अनमी हरिना भण्डारीले बताउनुभयो।

मेलौली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मेलौली–२ को दुर्गास्थान स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो। शिविरमा २२ जना महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, ३ जना आङ खस्ने समस्या भएका महिलाको उपचार, २२ जनाले प्रजनन स्वास्थ्य रुग्णता सेवा लिएको अनमी भण्डारीले जानकारी दिनुभयो।

यसैगरी शिबिरमा ३२ जना जेष्ठ नागरिकको सुगर र प्रेसर समेत जाच गरिएको छ। महिलामा पाठेघरको मुख र स्तन क्यान्सरको पहिचान गरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो।

No description available.

Leave A Reply

Your email address will not be published.