डडेल्धुराको अजयमेरुमा निशुल्क आँखा अप्रेसन शिविर, ४९ जनाको अप्रेसन

डडेल्धुराको अजयमेरु गाउँपालिकामा निस्शुल्क आँखा अप्रेसन सिविर सम्पन्न भएको छ। स्वास्थ्य शिविरमा आँखाको अप्रेस गर्नु पर्ने देखिएका ४९ जनाको अप्रेसन शिविरमार्फत अप्रेसन गरिएको हो।

अजयमेरु गाउपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसनको प्राबिधिक सहयोगमा निःशुल्क आँखा अप्रेसन शिविरमा ४९ जनाको अप्रेसन र २९ जनालाई निस्शुल्क चस्मा वितरण गरिएको अजयमेरु स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए।

गाउँपालिकाको केन्द्र भद्रपुरमा अप्रेसन शिविर सम्पन्न गरिएको हो।

Leave A Reply

Your email address will not be published.