सुदूरपश्चिम प्रदेश सभा बैठक: कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरूको नाराबाजी

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेससहित नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदहरूले अवरोध गरेका हुन्।

उनीहरूले दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कदम असंवैधानिक रहेको बताएका छन्। सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूचीतर्फ बढ्न आग्रह गरेका थिए।

त्यसपछि नागरिक उन्मुक्तिका सांसद घनश्याम चौधरीलाई बोल्न दिएका थिए। चौधरीले नागरिक उन्मुक्ति दलका नेता सर्वसम्मतमा आफू रहेको र असंवैधानिक रूपमा कैलाश चौधरीको हस्ताक्षरले सरकार बनेकाले सरकार असंवैधानिक रहेको बताएका थिए।

सरकारसँग सरकार निर्माण गर्नुपर्ने बहुमत संख्या नभएकाले प्रदेश सभाबाट बहुमतको विश्वास लिने कार्य पनि असंवैधानिक छ।प्रदेशसभाबाट यो असंवैधानिक सरकार खारेजको माग गर्छु,उनले भने।

त्यसपछि कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरू नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए। कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरूले वेल घेरेर नाराबाजी गरेपछि सभामुख भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

Leave A Reply

Your email address will not be published.