बैतडीमा रुखबाट लडेर एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको पुर्चौैडी नगरपालिका–८ की १४ वर्षीया गिता धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता नन्दराज जोशीले जानकारी दिए।
धामी घर नजिकै रहेको काफलको रुखबाट बुधवार लडेर घाइते भएकी हुन्। धामिको डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा पठाईएर उपचार भइरहेको प्रहरीले बताएको छ।