उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले बैतडी पाटन नगरपालिकाको प्रशासकिय भवन उद्घाटन गरेका छन्। बिहिबार एक समारोहका बिच शिलालेखको अनावरण गर्दै भवन उद्घाटन गरेका हुन्।
३ बर्ष अगाडीदेखी निमार्णाधिन अवस्थामै कार्यालयको कामकाज सुरु भइसकेको थियो। माथिल्लो तला गत आर्थिक बर्षमा निमार्ण सम्पन्न भएपछि बिहीबार उद्घाटन गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर ऐरीले बताए।
पाटन नगरपालिकाको स्थापना २०७१/०८/१६ गते भएको थियो। सुरुवातमा भाडाँका भवनबाट सेवा दिइरहेको कार्यालयले अहिले आफनौ तीन तल्लाको प्रशासकिय भवनबाट सेवा दिइरहेको छ। नगर प्रमुख गौरी सिह रावलको अध्यक्षमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथी मन्त्री भण्डारी रहेका छन्।