सुदूरपश्चिमकाे सम्भावना सरकारकाे प्राथमिकता: मन्त्री भण्डारी

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले सुदूरपश्चिमकाे सम्भावनालाई अहिलेकाे सरकारले प्राथमिकतामा राखेकाे बताउनुभएको छ। बैतडीको देहिमाडाैंमा बिहीबार अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताकाे उद्घाटन समाराेहमा बाेल्दै मन्त्री भण्डारीले अहिलेकाे नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेकाे बताउनुभयो। उहाँले भन्नुभयाे,”सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडिबुटी र खानीसम्बन्धि थुप्रै सम्भावना छ,ती सम्भावना खाेजी गर्ने र उद्योग सञ्चालनका लागि नीति तथा कार्यक्रममा राखिएको छ।”

नेपालमा सम्भावना समाप्त भयाे भन्दै विदेशीने चलन बढेकाे र पलायन हुने युवाहरू स्वदेशमै राेक्ने सरकारकाे लक्ष्य रहेकाे उहाँले बताउनुभयो। पहाडले तराईमा र तराईले राजधानी तथा राजधानीले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृति राेक्नुपर्छ। उहाँले भन्नुभयो,” सम्भावना हाम्रै नजिक छन्। कृषि,उद्योग र उद्ममशिलता अहिलेकाे प्राथमिकता हाे। युवाहरूलाई उद्यमशिलतासंग जाेडेर अहिलेकाे सरकारकाे प्राथमिकता नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ।”

कृषिकाे आधुनिककरण गर्ने,निर्वाहमुखी कृषि र उद्योग प्राथमिकतामा छ। सुदूरपश्चिमका खानीहरूकाे अध्ययनका लागि प्राविधिक टाेली पठाइएकाे बताउदै मन्त्री भण्डारीले बैतडीको फस्फाेराइट खानी,बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमइ ग्रुपसंग छलफल भइरहेकाे बताउनुभयो ।उहाँले भन्नुभयाे,”विकासमा पछाडि परेकाे सुदूर र कर्णाली प्राथमिकतामा छ। दैजी छेला औद्धगिक क्षेत्र,दाेधाराचादनी सुख्खा बन्दरगाह,पश्चिम सेती, अगाडि बढाइदैछ। बैतडीका सबै पालिकामा जडिबुटी पहुँच मार्ग विस्तार गरिनेछ।”

यसका साथै एक फरक प्रसंगमा उहाँले सरकारले संसदलाई बन्धक बनाएर राखेकाे आराेप लगाउनुभयाे। उहाँले भन्नुभयाे,”सरकारकाे नीति तथा प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाे बन्धक बनाएकाे छ। संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा सदन चल्न दिएर पनि उठाउन सकिन्छ। संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसदमा उठ्न सकेका छैन । थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन् । राष्ट्रिय मुद्दा ओझेलमा परेका छन्।”

नेपाल खेलकुद महासंघकाे आयाेजनामा सुरू भएकाे अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टाेलीकाे सहभागी रहेकाे छ। प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार३३३ रहेको छ। प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।

प्रतियोगीताले भलिबल खेलकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.