बैतडीको डिलाशैनीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बैतडीको डिलाशैनीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। लखिनाथ सामुदायिक सिकाई केन्द्रको आयोजनामा आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।

उक्त प्रतियोगितामा लखैनाथ आधारभूत विद्यालय बाइम प्रथम, डिलाशैनी मावि खेतागाउँ र शिक्षा केन्द्र अमर मावि तेश्रो भएका छन्। प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

विद्यार्थीहरुको बाह्य ज्ञान विस्तारका लागि प्रतियोगिताको आयोजना गरिउको सिकाइ केन्द्र व्यवस्थापन केन्द्रका अध्यक्ष हर्क धामीले बताए। प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट, वडा नं ७ का वडा अध्यक्ष प्रकाशमणी भट्ट, शिक्षा शाखा प्रमुख महादेव भट्ट लगायतका व्यक्तिहरुले पुरस्कार र प्रमाणपत्र प्रदान गरेको स्थानीय प्रदीपकुमार जोशीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.