बैतडीमा जारी बृहत अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा ८ टिम क्वाटरफाइनल प्रवेश गरेका छन्। महिलातर्फ सात र पुरूषतर्फ एक टीम क्वाटरफाइनल गरेको नेपाल खेलकुद महासंघले जनाएको छ।
महिलातर्फको समूह-ए बाट दशरथचन्द नगरपालिका-ए र दोगडाकेदार गाउँपालिका, समूह-बी बाट मेलौली नगरपालिका, समूह सी बाट पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका ,समूह-डी बाट शिवनाथ गाउँपालिका र पाटन नगरपालिका-ए टिम क्वाटरफाइनल पुगेको हो।
क्वाटरफाइनल पुग्ने अन्तिम टोलिको टुंगो भोलि लाग्ने र भोलिदेखि नै क्वाटरफाइनलका खेलहरू सञ्चालन हुने जनाइएको छ। यस्तै पुरूषतर्फ दशरथचन्द नगरपालिका-ए टिम दुई खेल जित्दै क्वाटरफाइनल पुगेको छ। क्वाटरफाइनल पुग्ने बाँकी टिमहरूको टुंगो शनिबार लाग्ने जनाइएको छ।
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ। प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।
नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टीमहरुको सहभागी रहेको छ।