बैतडीको मेलौलीमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता हुने

बैतडी : मेलौली नगरपालिका वडा न ७ काँडा स्थित मणिलेक मा.वि काँडाले अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियगिता गर्ने भएको छ। मेलौली नगरपालिका भित्रका माध्यामिक विद्यालयहरुले सहभागी हुन पाउने गरी संचलान गरिने प्रधानाध्यापक देव दत्त कलौनीले बताए ।

विद्यार्थीहरुको बौद्धिक विकासको लागी नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत शैक्षिक तथा व्यस्थापकीय गुणस्तरी सुधार कार्ययोजना २०७९/८० को स्वीकृत कार्ययोजना अनुसार विद्यालयले प्रतियोगिता संचालन गर्न लागेको प्रधानाध्यापक कलौनीले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४ हजार सहित प्रमाणपत्र, दोश्रो हुनेलाई नगद ३ हजार सहित प्रमाणपत्र, तेश्रो हुनेलाई नगद २ हजार सहित प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १ एक हजार सहित प्रमाणपत्रको समेत व्यवस्था रहको जनाएको छ।

प्रतियोगितामा आफ्ना विद्यालयको छात्र/छात्राहरुलाई सहभागि गराएर विद्यार्थीहरुको बौद्धिक विकासमा सहयोग पुर्याउन अनुरोध गर्नु भएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.