बैतडीमा जारी बृहत अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा मेलौली पुरूष भलिबल तर्फ सुपर ८ मा पुगेको छ ।
मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका विच भएको खेलमा मेलौलीले पहिलो सेटमा २५÷०९ दोस्रो सेट मा २५÷१८ र तेस्रो सेट २५÷१६ ले हराउँदै लगातार जित हासिल गरेको मेलौली नगर खेलकुद अध्यक्ष सागर भण्डारीले बताउनुभयो ।
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ। प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।
नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टीमहरुको सहभागी रहेको छ।