बैतडीमा जारी बृहत अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा महिला तर्फ शिबनाथ सेमिफाइनल प्रबेश गरेको छ। शनिबार दशरथचन्द “बि” बिच भएको खेलमा तीन शुन्यले शिबनाथ सेमिफाइनल प्रबेश गरेको खेल प्रशिक्षक धिरज चन्दले बताउनुभयो।
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ। प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।
नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टीमहरुको सहभागी रहेको छ।