बैतडी-मेलौलीमा नगरपालिकामा आ.ई.पिभी खोप अभियान संचालन र खोप कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार मेलौली नगरपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना भएको सो कार्यक्रममा नगर प्रमुख भीम बहादुर चन्द,नगर उपप्रमुख पार्वती बोहरा विष्ट,प्रमुख प्रशासकीय अभिकृत नारायण बहादुर चन्द,विभिन्न वडाका वडा अध्यक्ष का.वा वडा अध्यक्ष विद्यालयका प्रधानाध्यापक,र स्वास्थ्य संस्थाका प्रमुखर र संचारकर्मी हरुको समेत सहभागीता रहेको थियो ।
नगरका स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले कार्यक्रमको उद्देश्य बारे प्रष्ट्याउनु भएको थियो ।
यही जेठ ९ गते गतेसम्म मेलौली नगरपालिकाका सबै वडाहरूमा पुर्ण वडा घोषणा हुने स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्द ले बताए ।