दोगडाकेदार ६ सित्तड पूर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तडलाई पूर्ण संस्थागत सुत्केरी घोषणाा गरिएको छ। आज एक कार्यक्रम गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको सित्तड स्वास्थ्यचौकीका प्रमुख नैनसिंह गोयलाले जानकारी दिनुभयो । गत आवमा गर्भवती रहेका ५३ र यस वर्ष ३४ जना गर्भवती रहेकामा सबै स्वास्थ्यसंस्थामै सुत्केरी भएपछि घोषणा गरिएको हो ।
सित्तडसंगै दोगडाकेदारका ५ वटा वडा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो।
वडा नं ३ श्रीकोटलाई यही जेठ ८ गते र वडा नं १ रिम,वडा नं २ कमलपुरलाई निकट भविष्यमै पुर्ण संस्थागत सुत्केरी घोषणा गरिने प्रमुख नाथले बताउनुभयो।
गाउँपालिकालाई अगामी वर्ष पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य रहेको जनाएको छ।
घोषणा कार्यक्रममा बोल्दै दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो।
दोगडाकेदार गाउँपालिका ६ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोपाल कार्कीको अध्यक्षतामा सम्पन्न घोषणा सभामा प्रमुख अतिथि दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की रहनुभएको थियो ।
घोषणा सभामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेविका,राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासिन्दालगायतको सहभागीता रहेको थियो।

Leave A Reply

Your email address will not be published.