बैतडी -जेठ १ गते देखि सप्ताहब्यापी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम मेलौली नगरपालिकामा पनि सम्पन्न भएको छ।
मेलौली नगरपालिकाका स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रले आयोजना गरेको स्वास्थ्यकर्मी र सामुदायिक बिद्यालयका विद्यार्थी र प्रतिनिधिहरुसँगको स्वास्थ्य कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताए ।
यस अन्तर्गत विद्यालयमा पहिलो दिन पोषण सम्बन्धी प्रदर्शनी गरिएको थियो । दोस्रो दिन जनचेतनामुलक कार्यक्रम गरिएका छ्न । तेस्रो र चौथो दिन जुकाको औषधी खुवाएको थियो ।
पाचौँ दिन सरसफाई कार्यक्रम गरिएको छ । छैठो दिन हाजरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।सातौँ दिन बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा भएको स्वास्थ्य शाखामा कार्यक्रम राज बहादुर चन्दले बताए ।
बिद्यालयका बिद्यार्थीहरुमा स्वस्थ्यकर बानि विकास गर्ने र भबिष्यमा रोगमुक्त बनाउँने उदेश्यले कार्यक्रमको आयोजना गरिएको चन्दले बताए।
मेलौली नगरपालिकाको हरेक वडाको बिद्यालयमा बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम गरिएको थियो ।