मेलौलीकी एक महिला ६ दिनदेखी सम्पर्क बिहीन, खोजि गरिदिन परिवारको आग्रह

बैतडी : मेलौलीकि एक महिला बिगत ६ दिनदेखी सम्पर्क बिहीन भएकि छन। मेलौली नगरपालिका–०८ कोटिगाँउ घर भई मेलौली ७ खर्की श्रीमानसँगै डेरागरी बस्दै आएकि तारा महत ठगुन्ना एक्कासी सम्पर्क बिहीन भएकि हुन।

यहि जेठ ३ गते बिहान ५ बजेतिर कोठाबाट बाहिर निष्केकि ठगुन्ना सम्पर्क बिहीन भएकि श्रीमान रमेश सिह ठगुन्नाले बताए। “म सुतिरहेको थिए उनि बिहान ५ बजेतिर बाहिर आईन, करिब म दुईघण्टापछि बिउझेपछि घरमा श्रीमतिलाई देखीन, त्यसपछि यताउता खोजतलास गर्दा कतै भेटिन, श्रीमान ठगुन्नाले भने।”

श्रीमति सम्पर्क बिहीन भएपछि माईतिघर दैलेख, आफन्त, छरछिमेक सबैको घरमा खोजतलास गर्दा कतै नभेटिएको श्रीमान ठगुन्नाले बताए। श्रीमति सम्पर्क बिहीन भएको जानकारी ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीलाई गरिएको र खोजी गरिदिन भनि निबेदन समेत दिएको श्रीमान ठगुन्नाले बताए।

श्रीमतिसगं कुनै मनमुटाव र झै–झगडा नभएको श्रीमानले बताए। श्रीमति हराएको र खोजी गरिदिन भनेर निबेदन आएको ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीले जनाएको छ। उनको श्रीमतिको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय बैतडी सहित बिभिन्न ठाउँका प्रहरी युनिटलाई फोटो सहित खबर गरिएको जनाईएको छ।

साढे ३ बर्ष पहिला भागि बिहे गरेका ठगुन्नाका साढे दुई बर्षका छोरा समेत रहेका छन। छोरालाई छोडी श्रीमति सम्पर्क बिहिन भएपछि परिवार चिन्तामा रहेको पारीवारीक श्रोतले जनाएको छ।

बेपत्ता ठगुन्ना मेलौली ७ मा रहेको आमोद ईङलिस बोर्डीङ स्कुलमा पढाउदै आएकि थिईन।

Leave A Reply

Your email address will not be published.