अन्तरपालिका भलिबल: महिला तर्फ शिबनाथले जित्यो उपाधी

बैतडीको देहिमाडौंमा सञ्चालीत बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ शिबनाथ बिजयी भएको छ। मंगलबार मेलौलीसंग भएको फाईनल खेलमा ३/१ ले शिबनाथ बिजयी भएको हो।

यो सगै शिबनाथले अन्तरपालिका भलिबलको महिला तर्फको उपाधी हात पारेको छ। निकै राम्रो प्रर्दशन गरेको मेलौलीले भने उपबिजेतामै चित्त बुझाएको छ।

दशरथचन्द “ए” को टिम तृतीय र पुर्चौडीको टीम सान्त्वना भएको भलिबल प्रशिक्षक हरी भण्डारीले बताउनुभयो। नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागी रहेको थियो।

प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया  रहेको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ।

प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो। प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.