मेलौलीका दुई वडा पूर्ण खोप घोषणा

बैतडी: मेलौली नगरपालिकाका दुईवटा वडालाई मंगलबार पूर्ण खोप घोषणा गरिएको छ। विशालपुर स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा सो नगरपालिकाको वडा नं १,र ९ लाई पूर्ण खोप घोषणा गरिएको हो।

वडा भित्रका १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालवालिकाले १५ महिना भित्र पाउनुपर्ने सवै खोपहरु पाइसकेको प्रतिवद्धता सहित मेलौली १र ९ लाई मंगलबार पूर्ण खोप सुनिश्चितता सहित दिगोपनको घोषणा गरेको स्वास्थ्य तथा सरसफाई शाखामा कार्यरत राज बहादुर चन्दले बताए।

कार्यक्रममा वडा भित्रका स्वास्थ्यकर्मी,विद्यालय प्रध्यानाध्यापक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका सदस्यहरु, कर्मचारीहरु, स्थानीय समाजिसेवी तथा बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो।

जेठ महिना भित्र पालिका नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताए।

Leave A Reply

Your email address will not be published.