बैतडी : शिवनाथ गाँउपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक बिद्यालयको छानो हावाले उडाएको छ। सोमवार साझ आएको हावाहुरीले बिद्यालयको दुईकोठे भवनको छानो उडाएको प्रधानाध्यापक भान बहादुर चन्दले बताउनुभयो।
हावाहुरीका कारण जस्तापाताले छाएको छानो उडाउदा करिब २ लाँख वरावरको क्षती भएको प्रधानाध्यापक चन्दले बताउनुभयो। हावापुरीले अन्य दुई कोठामा पनि समान्य क्षती पुर्याएको उहाले बताउनुभयो।
बिद्यालयको छानो मर्मतका लागि स्थानीय सरकारसगं आग्रह गरिने बिद्यालयले जनाएको छ। बिद्यालयको छानो हावापुरीले उडाउदा पठनपाठनमा समस्या भएको बिद्यालयले जनाएको छ।