महिला भलिबलमा अब्बल बन्दै बैतडीको शिवनाथ

बैतडी : महिला भलिबलमा बैतडीको शिवनाथ गाँउपालिका अब्बल बन्दै गईरहेको छ। पछिल्लो समय जिल्लामा सञ्चालन भएका दुई जिल्लास्तरीय प्रतियोगितमा शिबनाथले भलिबलमा निकै राम्रो प्रर्दशन गरेको देखीन्छ।

गत माघमा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड र यहि जेठ ३ गतेबाट बैतडीको देहिमाडौंमा सञ्चालन भएको बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा शिवनाथ अब्बल बनेको हो। दुईटै प्रतियोगितामा शिवनाथले मेलौलीलाई हराउदै महिला भालिवलमा अब्बल सावित भएको छ।

खेलमैदानको अभाव, समान्य प्रशिक्षण र पूर्बतयारीका बिच शिवानथले भलिवलमा राम्रो प्रर्दशन गरेको भलिबल प्रशिक्षक धिरज चन्दले बताउनुभयो। जिल्लामा सञ्चालन भएका दुई जिल्लास्तरीय प्रतियोगितमा शिवनाथले महिला भलिबलमा गरेको प्रर्दशनले राम्रो हौसला मिलेको उहाले बताउनुभयो।

शिवनाथको टिमबाट महिला भलिबलमा उदाएका दुईजनाले क्षेत्रीय र एकजनाले दुईचोटी राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागितता जनाईसकेको भलिबल प्रशिक्षक चन्दले बताउनुभयो। सरीता चन्दले दुईचोटी राष्ट्रिय स्तरको र द्रोपती चन्दसगै अनिता चन्दले एकचोटी क्षैत्रीय स्तरको भलिबल प्रतियोगितामा सहभागिता जनाई राम्रो प्रर्दशन गरेको चन्दले बताउनुभयो।

राष्ट्रिय स्तरको भलिबल खेलेकि चन्द सम्मानीत समेत भईसकेकि छन। बैतडीको देहिमाडौंमा सञ्चालित अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिता नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्धारा सम्मान गरिएको थियो। राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान कार्यक्रम अन्तर्गत चन्दलाई सम्मान गरिएको हो।

प्रत्येक पालिकामा खेलमैदान निमार्ण गरी खेलाडीहरुको मनोबल बढाउनमा स्थानीयदेखी केन्द्र सरकारले भुमिका खेल्नुपर्ने भलिबल प्रशिक्षक चन्दको भनाई रहेको छ।

Leave A Reply

Your email address will not be published.