बैतडीको देहिमाडौंमा सञ्चालीत बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा पुरुषतर्फ दशरथचन्द र महिला तर्फ शिवनाथ च्यामियन बनेको छ। मंगलबार मेलौलीसंग भएको फाईनल खेलमा महिला तर्फ शिवनाथ र पुरुष तर्फ दशरथचन्दले उपाधी हात पारेको हो।
मेलौलीसगं भएको फाईनल खेलमा दशरथचन्द र शिवनाथ दुईटैले ३/१ ले हराउदै उपाधी हात पारेका हुन। मेलौली भने महिला पुरुष दुईटैमा उपबिजेता बनेको छ।
नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागी रहेको थियो। प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया रहेको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ।
प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो। प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।