बैतडीः बैतडीको एक बिद्यालयका विद्यार्थीहरुलाई पत्रकार गोविन्द पन्तले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन। जिल्लाको पाटन नगरपालिका वडा नं ३ स्थित गुजर माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई पत्रकार पन्तले जन्मदिनको अवसर एक कार्यक्रमकाबीच बिद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरुस्कारसहित शैक्षिक सामग्री वितरण गरेको बताए।
विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थीहरुलाई हौसला प्रदान होस भन्ने हेतुले बिद्यालय भरिमा उत्कृष्ट चार विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री र १५ जना भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको उनले बताए।
विद्यार्थीहरुलाई जगसहित शैक्षिकसामाग्री कापी, कलम लगायतका सामाग्री वितरण गरेका हुन्। यस्तै सिगास आधारभुत बिद्यालय मा ११ जना जेहेन्दार बालबालिकालाई केही नगद सहित कापी र कलम र उत्कृष्ट विद्यार्थीलाई रु १५० नगद सहित शैक्षिक सामग्री वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिँह बिष्टले बताए।
सामाजिक कार्यसंगै पत्रकारिता गरिरहेका पत्रकार पन्त रेडियो निङ्गलाशैनी बैतडी र टिभि टुडे टेलिभिजनका बैतडी संवाददाता समेत हुन।