मेलौलीमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बैतडी : मेलौली नगरपालिका वडा न-७ काँडा स्थित मणिलेक मावि काँडामा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियगिता सम्पन्न भएको छ। मेलौलीका १० वटा मावि स्कुलहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक देव दत्त कलौनीले बताए।

विद्यार्थीहरुको बौद्धिक विकास र ज्ञान अभिवृद्धि गर्ने, सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत शैक्षिक तथा व्यस्थापकीय गुणस्तरी सुधार कार्ययोजना २०७९/८० को स्वीकृत कार्ययोजना अनुसार प्रतियोगिता सम्पन्न भएको प्रधानाध्यापक कलौनीले बताए।

१० वटा स्कुलका विचमा भएको प्रतियोगितामा शीतलपुर मावि मेलौली १ प्रथम भएको छ। साथै सो प्रतियोगितामा भरतपुर मावि गाँउकोट द्धितिय र केदारेश्वर मावि दुर्गास्थान तृतीय भएका छन। प्रतियोगितामा मणिलेक मावि काँडा सान्त्वना भएको छ। साथै प्रतियोगितामा प्रथम ,दोश्रो तेश्रो र सान्त्वना स्थान प्राप्त विद्यालयका विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र सिंह भाटको सभा अध्यक्षता, मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आथित्यतामा भएको कार्यक्रमा नगर उपप्रमुख पार्वती बोहरा विष्ट विशिष्ट अतिथी रहनु भएको थियो। मेलौली ७ का कार्यबाहाक वडा अध्यक्ष लोकमणि भट्ट विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.