मेलौली नगरपालिकाद्धारा खेलाडीहरुलाई सम्मान

बैतडी : मेलौली नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ। बैतडीको देहिमाण्डौमा सम्पन्न बृहत अन्तर पालिस्तरिय खुल्ला भलिबल प्रतियोगीतामा मेलौलीबाट सहभागि खेलाडिहरुलाई सम्मान गरीएको नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीले बताउनुभयो।

बुधबार नगरपालिकाको कार्यालयमा खेलाडीहरुलाई खादा ओडाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द (भुकम्प), प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्द, नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारी, पालिका कर्मचारी, वडा सदस्य लगायत प्रतियोगितामा सहभागि खेलाडिहरु सहभागि सहभागि भएका थिए।

पालिकाबाट नेतृत्व गरेका खेलाडिहरुले राम्रो प्रर्दशन गरेकाले नगरपालिकाले सम्मान गरेको नगर प्रमुख चन्दले बताउनुभयो। नगरपालिका खेलाडीहरुको सम्मानका साथै खेलाडिहरुको क्षमता विकासमा प्रतिबद्ध रहने नगरप्रमुख चन्दको भनाई रहेको छ। मेलौलीका खेलाडिहरुले राष्ट्रिय स्तरका प्रतियोगिता समेत सहभागिता जनाईसकेकाले आफु र नगरपालिकाको तर्फबाट हुने हरेक किसिकको सहयोग गर्न तयार हुने बताउनुभयो।

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा दरशथचन्द नगरपालिका २ देहिमाण्डौमा सञ्चालन भएको प्रतियोगितामा मेलौलीको टिम महिला/पुरुष दुईटैमा द्धित्तीय भएको थियो। प्रतियोगितामा महिला तर्फ शिबनाथ र पुरुष तर्फ दशरथचन्द च्यामियन बनेको थियो।

Leave A Reply

Your email address will not be published.