रुद्रावती प्रावि भागेश्वर २ रुपालको ५९ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

भरत चुनारा : रुद्रावती प्राथमिक बिद्यालय भागेश्वर गाँउपालिका-०२ रुपाल बिस्तडी डडेल्धुराको ५९ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच बिद्यालयको ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको प्रधानाध्यापक देवकी टमटाले जानकारी दिनुभयो।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बल्देब भट्टको अध्यक्षता र भागेश्वर गाँउपालिका उपाध्यक्ष पुष्पा ठकुराठीको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको बिद्यालयले जनाएको छ। यसैगरी कार्यक्रममा वडा न २ का वडा अध्यक्ष उपेन्द्र जोरा र वडा न ५ का वडा अध्यक्ष नरेन्द्र बहादुर थापामगर बिशिष्ट अतिथि रहनु भएको कार्यक्रम सञ्चालक पदमा पालीले बताउनुभयो।

बिद्यालयका प्रधानाध्यापक टमटाले बार्षीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका कामकाजको बारेमा जानकारी र समिक्षा गरिएको थियो।

कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष ठकुराठीले बिद्यालयको चौतर्फी विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो। गाँउपालिका र ब्यक्तिगत रुपमा बिद्यालयलाई सधै सहयोग गरिरहने उहाको भनाई रहेको थियो।

कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए।

Leave A Reply

Your email address will not be published.