बैतडी: मेलौली नगरपालिका–०५ खलिगाडमा धुनी मेला सम्पन्न भएको छ। बैसाख अष्टमीबाट सुरु भई पूर्णीमासम्म लाग्ने धुनी मेला बुधबार सम्पन्न भएको कालिका धामी विवेकानन्द जोशीले बताउनुभयो।
धुनी मेलामा सयौको सख्याँमा गोलो घेरा लगाई आगोको ठुलो धुनि बालेर देबताका धामिहरु काप्ने गर्दछन। पहिला-पहिला बलेको आगोमा चढेर देबताका धामिहरु काप्ने भएपनि हाल केहि बर्ष यता त्यो कार्य बन्द गरिएको स्थानिय संस्कृतिका जानकार बताउछन। हाल तातेको पुन्यु (पण्यो) चाटने र बलेको आगोमा धामिलाई चढन नदिने गरेको स्थानीयहरुले बताएका छन।
सन १९७२ बाट मनाउन सुरु गरिएको धुनी हालसम्म पनि मनाउने गरिएको जनाईएको छ। किबदन्ती अनुसार १९७२ सालमो यो क्षेत्रमा सितला नामक रोग आएको र त्यहि रोग निमुर्ल गर्नका लागि धुनी बालेर पुजापाठ गर्दा रोग निर्मुल भएको कालिका अर्का धामी बल्देब पोखरेलले बताए।
पुरानो समयमा अस्पताल डक्टर केहि थिएन त्यो बेला यस ठाँउमा शितला र हैजाको प्रकोप व्यापक महामारीका रुपमा फैलीयो,“बगौली (देवता सम्बन्धि जान्ने बुझ्ने मान्छे) तारी दयालले भने।, “सोही समयमा भारत उत्तराखण्डको नैनिताल तिर काम गर्ने पोखरेल थरका व्यक्तिसंग शितला देवी मेलौली खडिगाडमा आएको र देवीको स्थापना गरि ध्वनि जागृत गरि माई, नर सिंह, वगौली विर लगायत देवीका विर वेतालहरु महिला÷पुरुषमा कम्पन लिई वाणी दिने, महामारी तथा भुतप्रेतवाट मुक्ति पाउने विश्वासका साथ पुजाआजा हुने उनले बताए।,
मेलाको लागि वर्षेनी वुद्द पुर्णिमाको केही दिन अगाडीदेखी धुनीको स्थापना गरि पुजाआजा गरिन्छ। मेला सम्पन्न पश्चात आगोको धुनीबाट निस्केको बभुतहःलाई सबैले घरमा लग्ने गर्छन। कुनै रोग र भुत प्रेतबाट सुरक्षित रहनको लागि बभुतहःको टिका लगाउदा निको हुने जनबिश्वास रहेको स्थानीय संस्कृतिका जानकारहरु बताउछन।
धुनी मेलामा जादा मनले चिताएको पुरा हुने बिश्वास गरिन्छ। यसका साथै धुनीमा जादा दुख, कष्ट, पिर, मार्का दुर हुने र मानसिक तथा शारिरिक रोगबाट पनि बच्न सकिने बिश्वास रहि आएको छ। धुनी मेलामा स्थानिय स्तरमा उत्पादन भएका समानहरुको ब्यापार समेत गरिन्छ।
भगवतीको पुजाआजा हुने धुनी मेलामा तल्लो स्वराड क्षेत्र लगायत डडेल्धुरा, कञ्चनुपर, कैलाली र भारतको पिथौरागढबाट भक्तजनहरु दर्शन गर्नको लागि आउने गर्छन। धुनी मेला बर्षको दुईचोटि कार्तिक पूर्णिमाको सप्तमी र बैसाखको अष्ठमीका लाग्ने गर्दछ।