बैतडी : वाई वाई यूफ १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटका लागि बैतडीको टोली घोषणा गरिएको छ। नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो।
टोलीका अन्य सदस्यहरूमा सुनिल चन्द, सुदीप कार्की, आयुष चन्द, कल्पेश चन्द, सचिन भट्ट, हरिश कार्की, सुमित बुडाल, आकाश चन्द, दीपेश बोहरा, राजेन्द्र बोहरा, किशोर पन्त, जयबहादुर नाथ र दिनेश महरा रहेका छन्।
यस्तै भुपेश बोहरा,निखिल चन्द,अमर चन्द र प्रयास रावल वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन्। वाई वाई यू १९ सुदूरपश्चिम छनौट केही दिनमै डडेल्धुरामा हुदैछ ।
प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गर्नेछ।
