बैतडी: मेलौली नगरपालिकामा झडपमा परी एक जना गम्भिर घाइते भएका छन्। मेलौली नगरपालिका २ कपर्तका १७ वर्षीय भाष्कर चन्द घाइते भएका हुन। सलेना प्रहरी चौकीका अनुसार सोही ठाउँका २० वर्षीय सन्तोष चन्दले भाष्करमाथि कुटपिट गरेका हुन।
शुक्रबार भलिबल खेल्ने क्रममा विवाद हुदा झडप भएको र १७ वर्षीय भाष्कर घाइते भएको बताइएको छ। भाष्करको आँखा, अनुहार र घाँटीमा गम्भिर चोट लागेको छ कुटपिट गर्ने सन्तोष प्रहरी नियन्त्रण्मा रहेका छन्।
घाइते भाष्करलाई धनगढी लैजान लागिएको आफन्तले बताएका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।