बैतडीमा ब्रोइलर कुखुरा पालन व्यवस्थापन सम्बन्धि तालिम तालिम दिइएको छ। रोयल फिड इण्डष्ट्रिज प्रालि कैलालीको आयोजना तथा सुर्नया गाउँपालिका २ सिउडेमा सञ्चालनमा रहेको बाशुलिङ्ग पोल्ट्री फर्मको सहयोगमा कुखुरा पालक व्यवसायीहरुलाई एक दिवसीय तालिम दिइएको हो।
सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष समेत रहेका सफल पोल्ट्री व्यवसायी गणेश बहादुर विष्टको व्यक्तिगत पहलमा ब्रोइलर कुखुरा पालन सम्बन्धि तालिम दिइएको हो। ब्यवसायीक कुखुरा पालन गर्दा किसानहरुले जान्नु पर्ने प्राविधिक जानकारी गराएर उनिहरुलाई सफल बनाउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष विष्टले बताए। पशुचिकित्सक रामचन्द्र जोशीले तालिम दिएका थिए।
डाक्टर जोशीले ब्रोइलर कुखुरा पालन कसरी गर्ने, के के कुुरामा ध्यान दिने, कुखुराको खोर निर्माण, पालन गर्दा कुखुरामा देखिने रोग लगायतका जोखिम र त्यसको उपचार तथा समाधानका विषयका बारेमा किसानहरुलाई अवगत गराएका हुन्। तालिममा कुखुरा पालन गर्दा चाहिने प्राविधिक सरसल्लाह र तौरतरिका बारे जानकारी गराईएको छ।
यो तालिमले किसानहरुलाई कुखुरा पालन व्यवसाय सञ्चालनका लागि सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष विष्टले बताए। पहाडी क्षेत्रमा ब्रोइलर कुखुरा पालन व्यवसायमा लागेका किसानहरुलाई सफल बनाउने धेयले आफुहरु किसानहरूलाई तालिम दिन लागेका रोयल फिड इण्डष्ट्रिज प्रालि कैलालीका सञ्चालक प्रकाश चन्दले बताए। किकसानहरुले लिएको तालिम व्यबहामा उतारे व्यवसाय फष्टाउने उनको दाबी छ।
तालिम पाउँदा किसानहरु खुसि भएका छन्। वडा अध्यक्ष विष्टको सहयोगमा सञ्चालित तालिमबाट धेरै कुराको जानकारी मिलेको र यसले व्यवसाय सञ्चालन गर्न सहज हुने सुर्नया ३ तडीगाउँका कुखुरापालक किसान शिव राज भट्टले बताए ।
सुर्नया २ सिउडे स्थित नेपाल राष्ट्रिय माविमा शनिवार दिइको तालिममा करिब ८० जनाको सहभागिता रहेको थियो।