विद्यार्थीसँग अध्यक्ष कार्यक्रम: जवलपुर माविमा अन्तरक्रिया सम्पन्न

बैतडी : पञ्चेवर गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग अध्यक्ष कार्यक्रम जारी छ। विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत शुक्रबार जवलपुर मावि पञ्चेश्वर–०४ सैलोडामा अन्तरक्रिया गरिएको छ।

विद्यार्थीका समस्या सुन्न र वास्तविक समस्या पहिचान गर्न बिद्यालयमा अन्तरक्रिया गरिएका गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए। विद्यालयमा पुगेर वहस पैरवी, विद्यार्थी र अभिभावकका गुनासा संकलन, प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष, जनप्रतिनिधि र कर्मचारीबिच छलफल गर्ने गरिएको गाँउपालिका अध्यक्ष चन्दले बताउनुभयो।

अन्तरक्रियामा कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, वडा अध्यक्ष जनक बहादुर चन्द, प्रधानाध्यपक समशेर सिह घोटा, पञ्चेश्वर गाँउपालिका योजना शाखामा कार्यारत राईजन राम सार्की, ईप्रका प्रहरी कार्यलय मेलौलीका प्रमुख नरेन्द्र बहादुर चन्द लगायत शिक्षकहरुको सहभागिता रहेको थियो।

यसैगरी बिद्यार्थीहरुलाई वाल विवहा, लागु औषध दुब्र्यसन, अपराध न्यूनीकरण लगायत कानुन सम्बन्धिका बारेमा समेत कक्षा दिईएको जनाईएको छ। ईप्रका प्रहरी कार्यलय तस्वदेशी मेलौलीका प्रमुख चन्दले प्रशिक्षण दिनुभएको हो।

No description available.

Leave A Reply

Your email address will not be published.