यहाँ आफ्नो आशु पुछ्न त रुमाल किन्नु पर्छ ।
आफ्नालाई खुशी पार्न पैसाले वस्तु किन्नु पर्छ ।।हास्दा पनि रुवाउने भेटिन्छन् गल्ली र चौतारीमा ।
यहाँ देवतालाई चढाउने माला पनि पैसाले किन्नु पर्छ ।।बिछोडमा रुनेहरुलाई पनि थाहा होला ।
मान्छे नजिक पार्न इच्छाएको सामान किन्नु पर्छ ।।आकाशको छानोमा जुनलाइ हेरि बाच्ने म ।
यहाँ पढाइको अन्तिम नतिजा पनि पैसाले किन्नु पर्छ ।।
सागर बिष्ट मेलौली ०८ बैतडी
हाल प्रबास