मेलौलीमा खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण

बैतडी : मेलौली नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ। सोमवार एक कार्यक्रमका बिच खेलाडी प्रतिभा सम्मान तथा पुरस्कार वितरण गरिएको हो।

गत बर्ष पाटनमा सम्पन्न १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो। प्रतियोगिताका बिभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गरी मेलौली नगरपालिकालाई उपाधी दिलाउने खेलाडीहरुलाई पुरस्कार सहित सम्मान गरिएको प्राविधिक सहायक रोहित भट्टले बताउनुभयो।

ब्यक्तिगत बिधाको खेलमा स्वर्ण, कास्य र पदक दिलाउने खेलाडीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित सम्मान गरिएको छ। यसैगरी समुह बिधाको खेलमा प्रथम, द्धित्तीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार वितरण गरिएको जनाईएको छ।

पुरस्कारमा जम्मा १ लाख ८० हजार खेलाडीहरुलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ। साथै मलेसीयामा सञ्चालन भएको यु–१६ ईष्ट जोन कपमा नेपाललाई सतक प्रहार गर्दै उपाधी दिलाउने नरेन भट्टलाई पनि सम्मान गरिएको छ।

नगद ५० हजार र प्रमाणपत्रसहित भट्टलाई सम्मान गरिएको प्राविधिक सहायक भट्टले बताउनुभयो। मेलौली घर भएका भट्टले देश र नगरपालिकाको नाम उच्च राखेकाले नगदसहित सम्मान गरिएको जनाईएको छ।

गत बर्ष पाटनमा सम्पन्न १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामाको उपाधी मेलौली नगरपालिकाले हात पारेको थियो। खेलाहरुको मनोवल बढाउन सम्मान गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दको अध्यक्षता र नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा नगर उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, नगर खेलकुद विकास समिति अध्यक्ष, बिभिन्न बिद्यालयका प्रधानाध्यापक र प्रत्रकारहरुको उपस्थिति रहको थियो।

Leave A Reply

Your email address will not be published.