दिपक राज दिर्घायु
पौष १९ सोमबार,२०७८
बैतडी–नेकपा एकीकृत समाजबादीे मेलौली नगरपालीका १ को वडा कमिटि गठन गठन गरिएको छ। सुरेन्द्र सिहँ नायकको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो।
नेकपा एकीकृत समाजबादी सुदुरपश्चिम प्रदेश कमिटि सदस्य लक्ष्मण दत्त भट्टको प्रमुख आतिथ्यमा २१ सदस्यीय वडा कमिटि गठन गरिएको जनाईएको छ।
कमिटिको उपाध्यक्षमा लक्ष्मण सिह बिष्ट र राजु नायक, सचिबमा धिरेन्द्र नायक, स–सचिबमा केशब सिहँ नायक, भरत सिहँ नायक र पशुपति नायक चयन भएका छन।