हरियो चुरा-सञ्चारकर्मी दिर्घायुको साउन बिशेष गजल

उनले हरियो चुरा, लाएपछि साउन आयो ।
मेहेन्दिले हातहरू, सजाएपछि साउन आयो ।।

आफ्नो मान्छेको दिर्घायुको, कामना गर्दै नारिहरूले ।
महिनौभरी सोमबारे बर्त, बसाएपछि साउन आयो ।।

मेहन्दी र हरियो सारी, उपहार दिन जादा ।।
मलाई देख्दा उनी लजाएपछि साउन आयो ।।

तिमि भोकै बस्दा मेरो, आयु बढ्ने होईन प्रिया ।।
उनले खाना खाई, अघाएपछि साउन आयो ।।

हरियो सारीमा सजिदा उनि, साच्चै अप्सरा जस्ती ।।
तिजका गितमा छमछमि, नचाएपछि साउन आयो ।।

Leave A Reply

Your email address will not be published.