बैतडी : राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) शिवनथाले सञ्चारकर्मी दिपक राज दिर्घायुका आमाको उपचारमा आर्थीक सहयोग गरेको छ। भारतको खटिमामा उपचार गराईरहेका सञ्चारकर्मी दिर्घायुका आमाको उपचारको लागि ६ हजार रुपैया नेपाली सहयोग प्राप्त भएको सञ्चारकर्मी दिर्घायुले बताएका छन।
सञ्चारकर्मी दिर्घायुलाई रास्वपा प्रवास नेपाली सम्पर्क बिभाग भारत महराष्ट्र राज्य उपसभापती प्रकाश साउदको पहलमा सहयोग हस्तारण गरिएको छ। आर्थीक अवस्था कमजोर र उपचारमा धेरै रुपैया लाग्ने भएकाले थोरौ भएपनि आर्थीक सहयोग गरिएको साउदले बताउनुभयो।
सञ्चारकर्मी दिर्घायुको आमाको उपचारका लागि समाजीक सञ्जाल मार्फत आर्थीक संकलन अभियान थालिएको छ। सञ्चारकर्मी दिर्घायुका आमाको पाठेघर (बच्चादानी) र ब्लडमा समस्या रहेको छ। रगतको मात्र निकै कम र तिन अप्रेशन गर्नुपर्ने डक्टरहरुले सल्लाह दिएपछि आर्थीक समस्या भएको हो।
आमाको उपचारको लागि सकेको सहयोग गरिदिन सञ्चारकर्मी दिर्घायुले सबैमा आग्रह गरेका छन।