बैतडीमा जंगली बदेलले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत

बैतडी– बैतडीमा जंगली बदेलले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत बनेका छन् । जिल्लाका विभन्न स्थानमा जंगली बदेलले मकै  नष्ट गरे पछि किसानहरु अहिले चिन्तीत बनेका हुन् ।
जंगली बदेलले मकैबाली नष्ट गरे पछि समस्या भएको पाटन नगरपालिका -१ का किसान गणेश बहादुर चन्दले बताउनुुभयो । मेहेनत गरेर खेतमा लगाएको मकै जंगली जनावरले सखाप पारेपछि भोकमरिको चिन्ता बढेको मेलौली नगरपालिका वडा नं १ चमागाउँका मोहन दयालले बताउनुुभयो।
किसानहरुलाई अहिले जंगलि जनवारबाट मकैबाली जोगउन धौधौ परेको छ । पहरा नबसेको समयमा जंगली बंदेल आएर मकै खाने गरेको किसानहरुको गुनासो छ ।
दुम्सीले पनि लगातार रुपमा मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।
रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान राम दत्त भट्टराईले बताउनुभयो । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको भट्टराइको भनाइ छ ।

बाँदरले मकैबालीसँगै आँप, अनार लगायत फलफूल पनि नष्ट पारेको किसानहरुले बताएका छन ।प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको भएपनि सरकारले क्षतिपूर्ती नदिने गरेको किसानहरुको गुनासो छ ।
किसानहरुले अन्नबालीमा बेहोरोको क्षतिका लागि कुनै पनि कार्यक्रम नल्याउँदा स्थानीय सरकारको आलोचना हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.