चितुवाको आक्रमणबाट महिला घाइते

धनगढी -चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते हुनु भएको छ । शुक्लाफाँटा नगरपालिका –५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते हुनुभएको हो ।

गोठमा रहेको गोरुलाई घाँस दिन जानेक्रममा उहाँमाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट साउँदको पिठ्यूँ र टाउकोमा चोट लागेको वडा अध्यक्ष चक्र खड्काले जानकारी दिनुभयो ।

घाइते महिलाको झलारीस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.