बझाङमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी, एकको अवस्था गम्भीर

बझाङ -बझाङमा जङ्गली च्याउ खाँदा दुुई जना बिरामी भएका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्राका २३ वर्षीय लोकेश कठायत र उनकी श्रीमती १८ वर्षीया उग्रतारा कठायत जङगली बिषालु च्याउ खाँदा बुधवार बिरामी भएका थिए।

च्याउ खाएर बिरामी भएकी उग्रतारको स्वास्थ्यमा सुुधार आएपनि लोकेशको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरु दुुबै जनालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्याल बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.