सुदूरपश्चिममा नयाँ सरकार बनाउन २ दिनको समय

कैलाली -सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न दुई दिनको समय दिइएको छ।

प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका छन्।

मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका हुन्।

Leave A Reply

Your email address will not be published.