दार्चुलामा खोलामा बगेर एक जना बेपत्ता

बैतडी- दार्चुलामा खोलामा बगेर एक जना बेपत्ता भएका छन्।

जिल्लाको अपिहिमाल गाउँपालिका–३ का करिब ४२ वर्षीय मोहन सिह धामी मकरिगाड खोलामा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। आइतबार अपिहिमाल–५ स्थित मकरिगाड खोला तरेर वडा नम्बर ४ खण्डेश्वरीतर्फ जाँदै गर्दा उनी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

Leave A Reply

Your email address will not be published.