मैले कहिल्यै पनि भ्रष्टाचार गरेको छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनैपनि खालको अनुमति नदिएको जिकिर पनि गर्नुभयो। उहाँले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भएपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहो¥याउनुभयो। भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो। उहाँले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताउनुभयो।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विधेयकहरु छिटो पारित गर्न पनि संसद र संसदीय समितिहरुलाई आग्रह गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.