शिक्षक सशक्तिकरण तथा शैक्षिक रुपान्तरणको लागि दोश्रो टिचर रिसर्च सम्मेलन हुदै

श्रावन २६ मा अमेरिका स्थित International & Comparative Education, Teachers College, Columbia University र TfT Network ले 2nd Teacher Research Symposium को आयोजना गर्ने भएको छ। सम्मेलनमा तीन महिना लामो शिक्षक सहभागी कार्यमुलक अनुसन्धान (Teacher Participatory Action Research T-PAR) परियोजनामा ​​सहभागी भएका नेपालभरका शिक्षकहरू मध्ये छनोट भएका १३ जना शिक्षकहरुले आफ्नो अनुभव तथा कार्यमुलक अनुसन्धानका उल्लेखनीय उपलब्धिहरू लाई प्रस्तुत गर्ने छन्।

T-PAR परियोजनामा सहभागी शिक्षकहरुलाई कार्यमूलक अनुसन्धान गर्न अमेरिका स्थित कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा. प्रेम फ्याक र नेपाल स्थित सुदुरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक जनक सिंह नेगीलेले नि:शुल्क सहजीकरणको भूमिका तथा मेन्टरिंग सेवा प्रदान गर्नु भएको थियो। प्राध्यापक डा. प्रेम फ्याकले सम्मेलनको परिवर्तनकारी सम्भावनाको बारेमा आफ्नो विचार राख्दै भन्नु भयो: ‘यो सम्मेलन केहि शिक्षकहरुले गरेका कार्यमूलक अनुसन्धानहरुको प्रदर्शन मात्र होइन; यो हाम्रा शिक्षकहरूको समर्पण र रचनात्मकताको उत्सव पनि हो। यहाँ आदान प्रदान गरिने कार्यमूलक अनुसन्धानहरुका अभ्यासहरूले हाम्रो शिक्षा प्रणालीलाई थप समावेशी, आकर्षक र प्रभावकारी बनाउँदै शैक्षिक रुपान्तरण गर्नमा सहयोग पुरयाउन सक्दछ। कार्यमुलक अनुसन्धानको महत्त्वमा जोड दिदै डा. फ्याकले भन्नुभयो: ‘कार्यमुलक अनुसन्धानले शिक्षकहरूलाई कक्षाकोठा तथा बिद्यार्थीहरुका समस्या र चुनौतीहरू पहिचान गर्न सहयोग पुरयाउनको साथै उक्त समस्याहरुको उचित तथा तथ्यपरक र अनुसन्धानमुलक समाधान गर्न सक्षम बनाउँछ। यस्ता अभ्यासहरुले शिक्षकहरुलाई शिक्षक बाट अनुसन्धानकर्ता तथा ज्ञान बाड्ने साधन बाट आफ्नै शिक्षण सन्दर्भ अनुकूल ज्ञान सृजना गर्ने व्यक्तिमा रुपान्तरण गर्दछ’।

सम्मेलनको बारेमा थप जानकारी दिदै प्रशिक्षक जनक सिंह नेगीले भन्नुभयो,‘यस सम्मेलनमा सहभागी शिक्षकहरूले T-PAR परियोजनामा ​​सहभागी भएका शिक्षकहरुले कार्यान्वयन गरेका बिभिन्न  परिवर्तनकारी शिक्षण रणनीतिहरू लाई प्रत्यक्ष रूपमा सुन्ने अवसर पाउनेछन। शिक्षकहरुले कार्यान्वयन गरेका बिभिन्न  परिवर्तनकारी शिक्षण रणनीतिहरू जस्तै Translanguaging  Pedagogy जसले विद्यार्थीहरूलाई कक्षाकोठामा उनीहरूको बहुभाषी क्षमताहरू प्रयोग गर्दै सिकाइ क्षमता तथा बोलाई र लेखन सिपको बिकासमा सहज वातावारणको निर्माण गर्दछ। Identity Texts, जसले विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत र सांस्कृतिक पहिचान लेखन मार्फत व्यक्त गर्न सक्षम बनाउँछ; Funds of Knowledge, जसले विद्यार्थीको घर र सामुदायिक अनुभवहरूलाई मूल्यवान शैक्षिक स्रोतहरूको रूपमा पहिचान गर्ने र प्रयोग गर्दै बिद्यार्थीहरुको सिकाइ क्षमताको बिकास गर्दछ; Land-based Pedagogy, जसले प्राकृतिक वातावरणसँग शिक्षालाइ जोड्दै सिकाइ लाइ प्रोत्साहित गर्दछ ; र Co-learning, जहाँ शिक्षक र विद्यार्थीहरू बीचको सहयोगात्मक सम्बन्ध र अनुभवहरुको आदान प्रदान गरेर सिकाइलाई बढावा दिइन्छ आदि , श्रावन २६ गते हुन गईरहेको सम्मेलनमा शिक्षकहरुले गरेका यस्तै अभ्यासहरु लाई सहभागीहरुले प्रत्यक्ष रूपमा सुन्ने अवसर पाउनेछन्’। यस सम्मेलनमा भाग लिएर, सहभागीहरूले कक्षाकोठाहरूमा सञ्चालन भइरहेका नवीनतम अनुसन्धानहरू र कसरी यी अभ्यासहरूलाई आफ्नै सन्दर्भ अनुकूल कार्यान्वयन गर्न सकिन्छ भन्ने बारे गहिरो बुझाइ प्राप्त गर्नेछन् भन्ने धेरैले आश गरेका छन्। यो एक नि:शुल्क कार्यक्रम भएकोले सम्मेलनमा सहभागी हुनको लागी शिक्षक तथा शिक्षा संग सरोकार भएका नीति निर्माता तथा व्यवस्थापकहरुले पोस्टरमा भएको QR Code Scan गरेर वा [email protected] मा ईमेल पठाएर सहभागिताको लागी आफ्नो नाम दर्ता गर्न सक्ने छन्। नाम दर्ता भएका सहभागीहरु लाई श्रावन २५ गते इमेलमार्फत जुम मिटिंग लिंक पठाइने बेहोरा सम्मेलनका आयोजकले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.