बैतडी : पञ्चेश्वरमा यु–१९ क्रिकेट प्रतियोगित हुने भएको छ। यहि श्रावण ३० गतेदेखी गौरा पर्वको अवशरमा यु–१९ क्रिकेट प्रतियोगित हुने स्थानीय बिरेन्द्र भट्टले जानकारी दिनुभयो।
पञ्चेश्वर गाँउपालिका–०४ केदारमाण्डु पोखरालेक खेल मैदानमा प्रतियोगिता संचालन हुने आयोजक कमिटीले जानकारी दिएको छ। प्रतियोगितामा ईच्छुक खेलाडीहरुले टिम दर्ता गराउनु अनुरोध गरिएको छ।
टिम दर्ता यहि श्रावण २९ गते बेलुका ६ बजे सम्म गर्न सकिने जनाईएको छ। टिम दर्ता शुःल्क २००० तोकिएको छ। प्रतियोगिताको प्रथम पुरुस्कार नौ हजार र दित्तिय पुरुस्कार पाच हजार तोकिएको छ।
प्रतियोगितामा खान बस्न र बासको व्यवस्था स्वयम खेलाडीहरुले गर्नुपर्ने जनाईएको छ।